हरिहर र नीताको एक हुने घोषणा, याक एण्ड यतीमा हुँदै विवाह

काठमाडौँ । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारी एक हुने भएका छन् । उनीहरू आउँदो असार २४ गते वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।

केही वर्षदेखि सँगसँगै देखिँदै आएका उनीहरूले हालसम्म खुलेर आफ्नो प्रेम सार्वजनिक भने गरेका थिएनन् तर उनीहरू प्रेम सम्बन्धमा छन् भन्ने पनि लुकेको थिएन । लामो समयदेखि प्रेम र विवाहका विषयमा मौनता साँधिरहेका उनीहरूले अब भने विवाह गर्ने भएका हुन् । राजधानीको पाँचतारे होटल याक एण्ड यतीमा यही आउँदो असार २४ गते विवाह र २६ गते रिसेप्सन हुने स्रोतले बताएको छ । स्रोतले विवाह तामझामपूर्ण हुने बताउँदै चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको जानकारी गराएको छ ।

नीता र हरिहरको विवाहमा भारतीय कलाकार प्रदीप सिंह रावतको पनि सहभागिता रहने बताइएको छ । भारतको सुपरहिट चलचित्र ‘गजिनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएकाअभिनेता रावत नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा समेत अनुबन्धित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *