प्रचण्ड निवास पुगे गृहमन्त्री खाँण, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

काठमाडौँ । आज शनिबार गृहमन्त्री बालकृष्ण खाँण ललितपुरको खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री खाँणबीच आज पछिल्लो राजनीति अवस्थाबारे छलफल भएको हो । भेटमा समसामयिक राजनीति, संघीय संसदमा पेस भएको नयाँ आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको बताइएको छ । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे दुई नेताबीच छलफल भएको हो ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा सरकारले राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकोमा सो विषयमाथि गृहमन्त्री खाँण र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *