प्रचण्डकाे दुखेसाे- ‘माओवादी पनि संसद्‌वादी दलभन्दा फरक भएन’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र संसद्‌वादी उस्ता उस्तै देखिन थालेकाे बताएका छन् । बुधबार शुरू भएकाे पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई २ दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिँदै उनले यस्ताे बताएका हुन् । ‘पहिले जनताले माओवादी र संसद्‌वादी दलबीच मज्जैले फरक छुटाउँथे । तर अहिले त्यस्ताे छैन । अहिलेचाहिँ माओवादी पनि संसद्‌वादीजस्ताे देखिएकाे छ । बुर्जुवाहरू जस्तै भयाैँ हामी । त्यस्ताे व्यवहार हरायाे हाम्राे ।’

उनले संसद्‌वादलाई माओवादी केन्द्रले नस्वीकारेकाे स्पष्ट पारेका छन् । ‘हाम्राे उद्देश्य र आचरण मिलेकाे छैन,’ उनले भने, ‘यहीँबाट रुपान्तरण गर्न सकिन्छ । हामीले अब यसरी साेच्नुपर्छ । माओवादी त अरुभन्दा उन्नत पाे हाे त । अहिले अरुजस्तै भयाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *