स्थानीय जनप्रतिनिधिलाई नारायणकाजीकाे ८ बुँदे प्रशिक्षण

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले स्थानीय जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिहरू अन्य दलका भन्दा उन्नत हुनुपर्ने बताएका छन् । बुधबार शुरू भएकाे स्थानीय जनप्रतिनिधहरूलाई २ दिने प्रशिक्षणमा उनले यस्ताे बताएका हुन् । उनले स्थानीय जनप्रतिनिधिहरूलाई ८ बुँदामा प्रशिक्षण दिएका छन् । नेता श्रेष्ठले सर्वप्रथम जनप्रतिनिधिले आफूलाई ‘जनताकाे कारिन्दा’ साेच्नुपर्ने सुझाए, भने— ‘हामीले आफूलाई जनताका सेवक/कारिन्दाका रूपमा प्रस्तुत गर्नुपर्छ । जब हामीले अब मचाहिँ ठूला मान्छे भएँ भन्छाैँ नि, त्यसपछि त्यहीँबाट सबै कुरा बिग्रन्छ । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरू अरु दलका भन्दा फरक/उन्नत हुनुपर्छ ।’

उनले स्थानीय तहमा भेदभावरहित व्यवहार गर्न पनि जनप्रतिनिधिहरूलाई सुझाव दिए । ‘माओवादीका मतदातामात्रै हाम्रा जनता हाेइनन्, उनीहरूकाे मात्रै हामीले सेवा गर्नुपर्ने हाेइन । सबै हाम्राे जनता हुन् । उनीहरूलाई भेदभावरहित व्यवहार गर्नुपर्छ,’ उनले भनेका छन्, ‘यसपछि मात्रै उनीहरूलाई पनि हामीले रिझाउन सक्छाैँ । परिर्वतनकाे पक्षमा उभ्याउन सक्छाैँ ।’

बुँदाहरू हेर्नुस्:
१,  आफूलाई जनताका कारिन्दाका रूपमा प्रस्तुत गर्नुस् । म अब ठूलाे मान्छे भएँ भनेर नसाेच्नुस् । यसलाई भित्रैदेखि साेच्नुस् । यदि हामीले आफूलाई ठूलाे मान्छेका रूपमा प्रस्तुत गर्‍याैँ भने त्यहीँबाट जनताले दण्डित गर्नेछन् ।
२,  स्थानीय तहमा घूस नखुवाइकन र भनसुन नगरीकन नियमित कामहरू हुनुपर्‍याे । यसतर्फ हाम्रा जनप्रतिनिधिहरूले जरुर साेच्नुपर्‍याे । यसमा जनप्रतिनिधिहरूकाे ध्यान जानपर्‍याे । यदि नियमित काम पनि घूस खुवाएर मात्रै र भनसुन गरेर मात्रै हुन्छ भने त्यहाँ एकरूपता कायम रहँदैन ।
३, माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरू कुनै भ्रष्टाचार वा अनियमिततामा मुछिन भएन । यदि यसाे भइयाे भने निर्वाचित हुनुकाे अर्थ हुँदैन । साम्यवादीहरू नै संसद्‌वादी दलजस्तै भइयाे भने त्याे पनि भएन ।
४, सबैले आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गर्नुस्, त्याे पनि साँचाे हुनुपर्‍याे । लेखेकाेचाहिँ याे हाे, अन्ततिर पनि यत्ति-यत्ति छ भनेर भन्नुभयाे भने त्याे राम्राे हुँदैन । अरुले २ महिनामा गर्छन् भने हाम्रा जनप्रतिनिधिहरूले १ महिनामै गर्नुस् । अझ राम्राे हुन्छ ।
५, आफ्नाे सेवा-सुविधालाई एकदम न्यूनतमभन्दा न्यूनतम बनाउनुस् । राज्यबाट हामीलाई प्राप्त सेवा-सुविधाहरू हुन सक्छन् । त्यसलाई न्यूनतम बनाउनुस् । त्यसलाई अवाञ्छितरूपमा नबढाउनुस् वा अतिरिक्त सेवालाई नलिनुस् ।
६, विकासका लागि एकीकृत विकास याेनजा बनाउनुपर्छ, याे खालि स्थानीय तहका जनप्रतिनिधिहरूले मात्रै गर्न नसक्लान् । यसमा पार्टीपङ्तिले पनि केही कामहरू गर्लान् । त्यसमा रहेर तपाईंहरू अगाडि जानुस् । याे भयाे भने काम गर्नलाई सजिलाे हुन्छ ।
७, शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुस् । यसपटककाे बजेटले पनि यसलाई त्यत्ति धेरै महत्त्व दिन सकेन । तर स्थानीयस्तरमा मात्रै पनि यसलाई ध्यान दिन सकिन्छ, तपाईंहरूले स्वायत्तरूपमा यसलाई बढवा दिन सक्नुहुन्छ । त्यसमा पनि पहिलाे प्राथमिकतामा पानी र बिजुली राख्नुस् ।
८, नागरिक नीति लागू गर्नुस् । मत दिने नदिने सबै हाम्राे जनता हाे भनेर साेच्नुस् । भेदभावरहित काम गर्नुस् । नागरिक नीति लागू गरेनाैँ भने हामी पनि अन्य बुर्जुवा, पेटी बुर्जुवाजस्तै हुन्छाैँ ।

♦ याे पनि:
   नारायणकाजीले भने- माओवादी शान्तिपूर्ण प्रतिस्पर्धाबाट पूँजीवादविरुद्ध जान चाहन्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *