नारायणकाजीले भने- माओवादी शान्तिपूर्ण प्रतिस्पर्धाबाट पूँजीवादविरुद्ध जान चाहन्छ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र शान्तिपूर्ण प्रतिस्पर्धाबाट पूँजीवादविरुद्ध जान चाहेकाे बताएका छन् । बुधबार पार्टीबाट निर्वाचित २६० स्थानीय जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले यस्ताे बताएका हुन् । ‘हामीले शान्तिपूर्ण प्रतिस्पर्धा भनेका छाैँ,’ उनले भनेका छन्, ‘हामीले यही भनेका हाैँ । कतिपयले पूँजीवादलाई सघाउन आयाैँ भनेर भनेकाे पनि सुनिन्छ । त्यसाे हाेइन नि, हामीचाहिँ शान्तिपूर्ण बाटाेबाट पूँजीवादविरुद्ध जान चाहेका छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *