उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि दलहरू बलियो बन्नुपर्छ भन्ने संकेत गर्यो : पदम गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरू बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताएका छन् ।

मंगलवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरू बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताएका हुन् । उनले राजनीतिक स्थायित्व नहुँदा विकास, सुशासन र समृद्धिका एजेन्डाहरू ओझेलमा परेका भन्दै यसको समाधान राजनीतिक स्थायित्वबाट मात्रै हुने बताए ।

उनले उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरू बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताए । उनले माओवादी केन्द्रसँगको गठबन्धनका कारणपनि इलाममा भारी मतान्तरले जित्न सकिएको बताए ।

उनले भने ‘नेपाली जनतामा नेकपा (एमाले)यो देशको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि नेकपा९एमाले० नै भरपर्दो र बलियो शक्ति हो भन्ने कुरा यसले फेरीपनि पुष्टि गरेको छ । माओवादी केन्द्रको मतले गर्दाखेरि पनि अझै भारी मतान्तरले जित्नका लागि योगदान पुगेको छ । मुलुकमा राजनीतिक स्थायित्वका निम्ति दलहरू बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गरेको छ । समय–समयमा सरकार परिवर्तन भइराख्ने, कुनै काम पनि सही ढंगले अगाडी बढ्न नसक्ने । विकास, सुशासन, समृद्धिका एजेन्डाहरू सधैभरी ओझेलमा पर्ने जुनखालको परिस्थिति छ, यसको समाधान देशमा राजनीतिक स्थायित्वबाट मात्रै हुन्छ । त्यसकालागि राजनीतिक दलहरू बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गर्छ । अहिलेको मत थिग्रिँदै गएर दुई, तिनवटा धारहरू नै मूल प्रवाहको रुपमा रहने अवस्था बन्नसक्छ भविष्यमा ।’

मन्त्री गिरीले अहिलेको निर्वाचनमा प्राप्त मतहरू थिग्रिदै गएर भविष्यमा दुई, तीनवटा धारहरू मात्रै मूल प्रवाहमा रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *