भिक्षु फुर्पा तामाङ र अभिनेत्री मगरबीच मेलमिलाप (विज्ञप्तिसहित)

काठमाडाैँ । ‘कबड्डी ४’ की नायिका मिरुना मगर र प्रदर्शनकारीबीच हाल सम्झौता भएको छ।

नायिका मिरुना मगरले केही दिनअघि आफूलाई शारीरिक दुर्वयवहार गरेको भन्दै सिभिल मलमा फुर्पा तामाङ
नाम गरेका एक बौद्ध भिक्षु दर्शकलाई थप्पड हानी प्रहरीलाई बुझाएको विषयमा भिक्षु समर्थित व्यक्तिहरूले चाबहिलस्थित केएल टावरअघि प्रदर्शन गरेका थिए।

उनीहरूले केएल टावरमा रहेको ‘एफक्युब सिनेमाज्’मा प्रदर्शनरत चलचित्र कबड्डीको प्रदर्शन तत्काल रोक्नुपर्ने, नायिका मगरलाई कारबाही गर्नुपर्ने जस्ता माग राख्दै नायिका मगरको पुत्लासमेत जलाएका थिए।

प्रदर्शनकारीहरूले नायिका मगरले निर्दोष मान्छेमाथि आरोप लगाएको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत राखेका थिए। यतिबेला दुई पक्षबीच छलफल भई मेलमिलाप गरिएको जनाइएको छ।

विज्ञप्ति:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *