पाेखरा-जोमसोम रूट : जहाँ भएका थिए चार ठूला विमान दुर्घटना

काठमाडाैँ । आइतबार बिहान १०:०७ बजे पाेखरा- जाेमसाेम रूटमा तारा एयरकाे विमान दुर्घटनामा पर्याे । उक्त विमानमा सवार चालकदलका ३ जनासहित अन्य १९ यात्रुकाे निधन भयाे । त्यसाे त उक्त रूटमा याे पहिलाे दुर्घटना भने हाेइन । यसभन्दा पहिले पनि उक्त रूटमा दुर्घटना भएकाे थियाे ।
यसअघि आजभन्दा ७ वर्षअघि २०७२ सालमा साेही रूटमा तारा एयरकै विमान दुर्घटना भएकाे थियाे । फागुन १२ गते दुर्घटना भएकाे विमानमा सवाल २३ जनाकाे ज्यान गएकाे थियाे ।
यस्तै २०६९ जेठ १ गते अग्नि एयरकाे विमान दुर्घटना भएकाे थियाे । विमानस्थल नजिकै पानी टंकीमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाउनुपरेकाे थियाे । त्यस्तै आजभन्दा २३ वर्षअगाडि २०५६ सालमा पनि साेही रूटमा लुम्बिनी एयरकाे विमान दुर्घटनामा परेकाे थियाे । त्यसबेला उक्त विमानमा सवार १८ जनाकाे ज्यान गएकाे थियाे । म्याग्दीकाे नारच्याङ भन्ने ठाउँमा दुर्घटना भएकाे उक्त विमान टुक्रा-टुक्रा परेकाे भेटिएकाे थियाे ।
यस्तै त्यसकाे ३ वर्षपछि २०५९ भदाै ३ गते साेही रूटमा सांग्रिला एयरको विमान पोखरामा परेकाे थियाे । तत्कालीन समयमा १८ जनाको मृत्यु भएको थियो । २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर तत्कालीन समयमा मानवीय क्षति थिएन ।
साेही रूट र आसपासका क्षेत्रमा दुर्घटना भएका अन्य विमानहरू पनि छन् । २०१९ सालमा बाग्लुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना भएकाे थियाे । त्यसबेला १० जनाले ज्यान गुमाउनुपरेकाे थियाे । त्यही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो, त्यहाँ ६ जनाकाे निधन भएकाे थियाे ।








