संस्कृति र ज्ञान टाइगर पाठशाला कपको फाइनलमा

काठमाडौँ । संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन्।

बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित गर्यो। संस्कृतिका सुशान्त अधिकारीले १० अंक योगदान गरे। पहिलो क्वाटरमा २–६ ले पछि परेको संस्कृति दोश्रोमा २–२ को बराबरीमा रोकियो। तेश्रोमा ८–४ र चौथोमा ९–५ को अग्रता लिदै संस्कृतिले समग्रमा ४ अंकको जित हात पार्दै फाइनल यात्रा तय गर्यो।

आदर्श कार्कीको १४ अंक सहयोगमा ज्ञान टाइगरले राजश्री गुरुकुललाई ४४–३४ ले हरायो। ज्ञान टाइगरले पहिलोमा १७–५ को अग्रता लियो भने दोश्रोमा १२–१३ को झीनो अन्तरले पछाडि पर्यो। ज्ञान टाइगरले तेश्रोमा १३–६ को प्रदर्शन गर्यो। चौथोमा राजश्रीले १०–२ को अग्रता बनाएपनि जित हात पार्न सकेन।

फाइनल आइतबार हुनेछ। पहिलो हुनेले १५ हजार तथा दोश्रोले ८ हजार नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *