मेयर बालेनकाे पहिलाे सम्बाेधन : आजबाट कार्य शुरू, विश्वकै उत्कृष्ट नगर बनाउन सहकार्य

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले निर्वाचनकाे परिणाम कामकाे शुरूवात भएकाे बताएका छन् ।

मेयरमा निर्वाचित भएपछि गरेकाे पहिलाे सम्बाेधनमा बाेल्दै उनले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताउँदै अबकाे ५ वर्ष आफ्नो भिजन र एजेन्डामा काम गर्ने बताएका हुन् ।

उनले भने, ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ । अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

त्यस्तै, उनले काठमाडौँ महानगरलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताए । काठमाडौँ महानगरलाई एउटा परिवारको रूपमा लिएको बताउँदै उनले सबै मिलेर काम गर्नुपर्नेमा जाेड दिए ।

‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौँ भन्ने आशा राखेका छौँ ।’

याे पनि:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *