काठमाडाैँकाे मेयरमा बालेन साह निर्वाचित

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न भएकाे मतगणना अनुसार साहले ६१ हजार ७६७ मत ल्याइ मेयर पदमा विजयी भएका हुन् । त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन् । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।

राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत मात्रै प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *