सशस्त्र प्रहरी महानिरीक्षक भन्छन्: विपद्मा नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकता

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का समयमा नागरिकको जीउधनको रक्षा गर्नु सशस्त्र प्रहरीको पहिलो प्राथमिकता भएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीको २५औँ स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनका क्रममा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी रूपमा परिचालन हुन सम्पूर्ण सकलदर्जालाई निर्देशन दिएका छन् ।

उनले गण्डकी प्रदेशका विभिन्न स्थानमा सशस्त्र प्रहरीका युनिट विस्तार, विपद् व्यवस्थापन बेस स्थापना तथा रेस्क्यु टावरमार्फत भइरहेको उद्धार कार्यको प्रशंसा गरे ।

‘गण्डकीका विभिन्न स्थानमा सशस्त्र प्रहरीका युनिट विस्तार, विपद् व्यवस्थापन बेस स्थापना र रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्य तथा उच्च भू–भाग र हिमाली क्षेत्रमा सञ्चालन गरिएका उद्धार अभियान प्रशंसनीय छन्,’ पौडेलको भनाइ उद्धृत गर्दै सशस्त्र प्रहरीले जनाएको छ ।

कार्यक्रममा उनले प्राकृतिक विपद्का बेला जनधनको क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, उद्धार, राहत तथा खोजी कार्यमा खटिने सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =