काठमाडाैँमा बालेन, सिर्जना र स्थापित बाहेक अन्य सबैकाे जमानत जफत

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा बालेन साह, सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबै उम्मेदवारकाे जमानत जफत भएकाे छ ।

उपमेरमा पनि पनि तीन जना मात्र जमानत जोगाउन सफल भए । निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो । कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए । तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए ।

मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *