काठमाडाैँकाे उपमेयरमा सुनिता डंगाेल निर्वाचित

काठमाडाैँ । काठमाडाैँ महानगरकाे उपमेयरमा नेकपा एमालेकी उम्मेदवाद सुनिता डंगाेल निर्वाचित भएकी छन् ।

डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर विजयी भएकी हुन् ।

उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए ।

उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठकाे १३ हजार ६ सय ९५ मत रहेकाे छ । त्यस्तै, राप्रपाकी विनिता मगैयाले १२ हजार १ सय ४१ मत प्राप्त गरेकी छन् ।

लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५ सय ५५ मत पाएकी छन् ।

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *