पल शाह प्रकरण; धरौटीमा छाड्ने/नछाड्नेबारे अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ । आज बिहीबार उच्च अदालत पोखरामा कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुँदैछ। हाल कलाकार शाह बलात्कार आरोपमा पुर्पक्षमा रहेका छन्।

शाहले धरौटीमा रिहा हुन पाऊँ भन्दै दिएको रिट निवेदनमाथि आज बिहीबार सुनुवाइ हुन लागेको हो। उनीमाथि एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप छ। उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो।

तर, पछि पीडित पक्षले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि घटनाले नयाँ मोड लिएको हो। घटनामाथि छानबिन हुँदै गर्दा शाहले धरौटीमा रिहा हुन पाऊँ भनी निवेदन दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *