मेयर हारेपछि थापाले भने- ‘सबैको हिसाबकिताब हुनेछ’

पोखरा । पोखरा महानगरको मेयरमा चुनाव पराजित भएका एमालेका कृष्णबहादुर थापाले पार्टीभित्रको अराजकताका कारण आफुले चुनाव हारेको बताएका छन् । ‘पार्टीभित्र हावी भएका अनुशासनहीनता, अराजकता र पार्टीलाई कास्की जिल्लामै तहसनहस पार्ने गरेर जुन षड्यन्त्र भएका छन्,’ उनले भने, ‘यो षड्यन्त्रको छिनोफानो हुनेछ । यसको मूल्यांकन हुनेछ । जुन सुकै नेता भएपनि, जुनसुकै पदमा भएको नेता भएपनि यो अपराधबाट ति नेताहरुले पार पाउने छैनन् ।’

विजयी र्याली पनि आयोजित सभालाई सम्बोधन गर्दै उनले कास्कीमा पार्टीभित्रकै नेताहरूको मनपरीले कमजोर बनाएको उनको तर्क छ । ‘कास्की जिल्लाको कम्युनिष्ट आन्दोलन, हाम्रो रगत र पसिनाले बनाएको हो । हाम्रो आँसुले सिँचेको, कास्कीका जनताहरुको मायाले सिँचेको हो,’ थापाले भने, ‘कसैले पनि यो आन्दोलनको विरुद्ध धावा बोल्छ भने म खवरदारी गर्नेछु । यसको लागि सबै महानगरबासी नेता कार्यकर्ताहरुले त्याग गर्नेछन् ।’

उनले विजयी जनप्रतिनिधिहरूलाई उच्च मानसिकताका साथ पोखराको विकास र निर्माणमा लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *