कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन् ।

झापाको गौरादह नगर कार्यसमितिको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताए । कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत स्पष्ट पारे ।

‘कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ’कोइरालाले भने,‘ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ ।’

यस्तै नेता कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायित्वबिना आर्थिक विकास नहुने पनि उनले बताए ।

उनले कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । उनले सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *