इलाम–२

सुहाङको मत झण्डै १७ हजार पुग्यो, साढे ५ हजारको अग्रता

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाउँदै अघि बढेका छन् ।

जारी मत गणनामा सुहाङले १६ हजार ९४४ मतका साथ अग्रस्थानमा छन् । ५ हजार ६७१ मतान्तरमा सुहाङले लिड गरिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ११ हजार २७३ मत प्राप्त गरेका छन् ।

यस्तै मुढा चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४४ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले २ हजार ८०३ मत प्राप्त गरेका छन् ।

हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *