गृहमन्त्रीले बुझे दुर्गा प्रसाईंको हतियारबारे समितिको प्रतिवेदन

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे गठन गरिएको छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापन र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने विषयमा सुझाव र सिफारिस गरिएको छ ।

प्रसाईंको हतियार कानुनले तोके अनुसार इजाजत पत्र दिन मिल्ने खालको नदेखिएको छानबिन समितिको ठहर छ । प्रसाईंलाई देशभर हतियार लैजान दिने इजाजत नदिएको प्रतिवेदनमा उल्लेख छ ।

देशभर हतियार लिएर हिँड्दा नियमन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *