भरतपुरमा रेनुको अग्रता १० हजार नजिक

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । एक लाख १ हजार ९४५ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदीले भन्दा अग्रता ९९०३ मत बढी ल्याएकी छन् ।

दाहालले ४३६०६ र सुवेदीले ३३७०३ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १३३५० मत आएको छ । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ४४९१८ र राप्रपाकी हिमला गुरुङले २६६८६ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *