विराटनगर महानगरमा भारी मतान्तरका साथ नागेश कोइरालाको अग्रता

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा भारी मतान्तरका साथ नागेश कोइराला अग्रस्थानमा छ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइराला ७१८५ मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाभन्दा अगाडि छन् भने नेकपा एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवभन्दा १०३९७ मतले अगाडि छिन्।

महानगरपालिकाको जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा घोषणा गरेको मतपरिणाम अनुसारको सूचीः

मेयर
नेपाली कांग्रेस- नागेश कोइराला – २७२६४
नेकपा एमाले- सागर थापा – २००७९
स्वतन्त्र उम्मेदवार- उमेश यादव – ८१७९
राष्ट्रिय प्रजातन्त्र पार्टी- प्रल्हाद साह – ४९३५

उपमेयर
नेकपा एमाले- शिल्पा कार्की – २३६३१
जनता समाजवादी पार्टी- अमरेन्द्र यादव – १३२३४
राष्ट्रिय प्रजातन्त्र पार्टी- विन्दा लुइँटेल – ६०३५
स्वतन्त्र उम्मेदवार- नमिता न्यौपाने – ४८२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *