पत्रकार बराइलीलाई धम्की, महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचार लेखेकै भरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवम् स्टेशन म्यानेजर गोपाल बराइलीलाई धम्की आएको छ ।

समाचार प्रकाशनको विषयलाई लिएर सामाजिक सञ्जाल म्यासेन्जरमा उनलाई धनकुटाको महालक्ष्मी नगरपालिका ७ आन्द्रुङ निवासी पर्शु कार्कीले गालीगलौज गर्दै धम्की दिएका हुन् ।

उनी नेपाली काँग्रेस धनकुटाका सक्रिय कार्यकर्ता तथा एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।

म्यासेन्जरमा धम्की दिँदै पर्शु कार्कीले लेखेका छन्, ‘धेरै चुमचुम भइरहेको छ, अलि होस गर्ने, जिन्दगीको अलि माया गर्ने गर्नू । धेरै जात नजनाउनु, तँलाई हामीले राम्रै चिनेको छ ।’

बराइलीले राहदानी छपाई तथा खरिद प्रकरणसम्बन्धी ‘अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ?’ शीर्षकमा बिहीबार धनकुटा एफएम डटकमबाट समाचार प्रकाशन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =