४०२ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ४०२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेसले १८३, एमालेले ११४, माओवादी केन्द्रले ८२, नेकपा एकीकृत समाजवादीले ६, जसपा ५ र १२ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

कांग्रेसले १३१ स्थानमा अग्रता लिएको छ भने एमालेले ८४ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ३३, नेकपा एकीकृत समाजवादीले १६, जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा अग्रता बनाएका छन् । अन्य १६ ठाउँमा अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *