सर्वदलीय बैठकपछि भरतपुरमा मतगणना पुनः सुचारु (पछिल्लो मतपरिणामसहित)

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विवादका कारण स्थगित मतगणना कार्य सर्वदलीय बैठकपछि पुनः सुचारु भएको छ।

हिजो सोमबार राति बदर मतलाई समेत सदर गरेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणनास्थलमा विवाद शुरू भएको थियो। विवाद साम्य हुने स्थिति नबन्दा मतगणना स्थगित भएको भएको थियो। एमालेका विजय सुवेदीभन्दा केही मतले रेनु अगाडि भइरहँदा नेकपा एमालेले रेनुलाई फाइदा पुग्ने गरी बदर मतलाई समेत सदर भन्दै गनिएको भन्दै गणना पुनः दोहोर्याउन माग गरेपछि विवादले ठूलो रूप लिएको हो।

विवादकै कारण मतगणना रोक्नुपर्ने स्थिति आएसँगै चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङसमेत मतगणनास्थल पुगेका हुन्। प्रजिअ तामाङसहित गणना विवादका विषयमा सहमति खोज्ने प्रयासमा सबै दलका प्रतिनिधिहरूसहितको बैठक बसेपछि हाल मतगणना पुनः सुचारु भएको हो।

भरतपुर मतगणनाको पछिल्लो अपडेटः

मेयर
माओवादी केन्द्र, रेनु दाहाल, ५३८२ मत
नेकपा एमाले, विजय सुवेदी, ५३६७ मत
स्वतन्त्र उम्मेदवार, जगन्नाथ पौडेल, २५७७ मत

उपमेयर
नेपाली कांग्रेस, चित्रसेन अधिकारी, ६५०४ मत
राप्रपा, हिमला गुरुङ, ४३४५ मत

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *