हाजिरी जमानीमा छुटे सेफ सन्तोष शाह

काठमाडौं । ‘सेफ सन्तोष’का रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् ।

काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी सम्बन्धी आरोपमा शनिबार पक्राउ परेका साह हाजिरी जमानीमा छुटेका हुन् ।

अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।

सन्तोष साह नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफका रूपमा परिचित छन् । उनी सन् २०२१ मा बीबीसी मास्टरसेफमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =