ललितपुर महानगर प्रमुखमा कांग्रेसका चिरीबाबुको अग्रता

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार, कांग्रेसका नगर प्रमुख उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सोही पदका लागि दुई हजार ३८ मत पाएका छन्।

त्यस्तै महानगरको उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ। उपप्रमुखमा एमाले उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र)का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन्।

२९ वडा रहेको महानगरपालिकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ। शनिबार मध्याह्न १२ बजेदेखि मतगणना सुरु भएकोमा हाल वडा नं २, ३ र ४ गरी तीन ठाउँमा गणना भइरहेको छ।

वडा नं १को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्। उनी ६६१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत ल्याएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *