एमालेले आम मतदाताको अभिमतको अवमूल्यन गरेको महामन्त्री थापाको आरोप
२०७९ जेठ १ गते

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेद्वारा मतदाताको अभिमतको अवमूल्यन भएको आरोप लगाएका छन्।
एमालेले विभिन्न नगर, पालिका एवं वडामा पुनः मतदानको माग गरिरहँदा कांग्रेस महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन्। महामन्त्री थापाले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक। तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेतको धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’
एमालेले पुनः मतदानको माग राख्दै निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनुले आम मतदाताको अभिमतमाथि शंका गरिएको बुझिने महामन्त्री थापाको आशय छ।
महामन्त्री थापाको ट्विटः

२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








