भरतपुरको विकासमा आफूले गरेको कामको जनताले मूल्याङ्कन गरेको रेनु दाहालको दाबी

काठमाडौँ । भरतपुर महानगरपालिको मेयर उम्मेदवार रेनु दाहालले जनताले आफूले पाँच वर्षमा गरेको कामको मूल्यांकन गरेको दाबी गरेकी  छन्।

आज शुक्रबार मतदानपछि उनले आफू धेरै उत्साहित रहेको उल्लेख गर्दै पाँच वर्षमा आफूले महानगरको विकासमा गरेका कामको मूल्याङ्कन जनताले गरेको बताएकी हुन्। उनले भनिन्, ‘विगत पाँच वर्ष महानगरपालिकाको समग्र विकासमा जनताप्रति उत्तरदायी भएर मैले काम गरेँ। त्यसको समग्र मूल्यांकन जनताले गर्नुभएको छ। त्यसलाई जनसमुदायले आत्मसात् गर्नुभएको छ।’

विगतमा आफूले गरेका कामको मूल्याङ्कन गर्दै भरतपुरको समृद्धिको लागि फेरि पनि जनताले आफूलाई अवसर दिनेमा मेयर उम्मेदवार दाहालले आफू विश्वस्त रहेको बताएकी छन्। उनले भरतपुर समृद्ध र देशकै नमुना सहर बन्ने प्रचुर सम्भावना रहेको भन्दै सोही उद्देश्यका साथ आफूले पुनः उम्मेदवारी दिएको स्पष्ट पारेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *