देश बचाउने र बनाउने पार्टी नै एमाले मात्र हो -अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको मार्गचित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताएका छन्।

झापाको कमल गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै आज मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गरेका छन्। देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गरे।

ओलीले आजै मोरङको मिक्लाजुङ, झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका, गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावी सभालाई सम्बोधन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *