राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार आउँदो जेठ ३ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको दुवै सदनको अधिवेशन बोलाएकी हुन्। अधिवेशन आगामी जेठ ३ गते मंगलबारको दिन दिउँसो ४ बजेका लागि बोलाइएको छ।

आज आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै सो सूचना जारी गरेको हो।

विज्ञप्तिः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *