भरुवा बन्दुकसहित २७ वर्षीय युवक पक्राउ

काठमाडौँ । भरुवा बन्दुकसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले विरगञ्जको सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतोलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो। प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुक बोकेर पर्साको औराहाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए।

औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मंगलबहादुर ब्लोनको घर लक्षित गरी महतोले गत बिहीबार राति बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीले बताएको छ। महतोले गोली प्रहार गर्नुको यकीन कारण भने हालसम्म नखुलाएको प्रहरीको भनाइ छ। चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

बाँसको टाँटी छेडेर घरभित्र पसेको कटुवा गोलीको टुक्रा चामलको बोरामा भेटिएको हो। पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *