कीर्तिपुरमा आगलागी भएको कार एक बैंकको नाममा दर्ता

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ ।

स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको थियो। आगो लागिरहेकै अवस्थामा प्रहरीले कारभित्रबाट एक पुरुषको शव निकालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले कारभित्रबाट निकालिएको शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको बताए।

सुवेदीका अनुसार आगलागी भएको कार एक बैंकको नाममा दर्ता रहेको खुलेको छ। कारभित्र जलेका व्यक्तिको भने हालसम्म पहिचान खुलेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =