‘राजनीतिक मान्छेले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको दाबी गरेका छन्।

सत्तापक्षीय गठबन्धनले आज चितवनको भरतपुरमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गर्दै उक्त टिप्पणी गरेका हुन्। नेपालले भने, ‘राम्रोसँग व्यवस्थापन गरेका छौँ। सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आइरहेको छ।’

उनले चुनावको माहोल अनुकूल रहेको र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताएका छन्। भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए। राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्ने बताउँदै उनले भने, ‘राजनीतिक मान्छेले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ।’

अध्यक्ष नेपालले अगाडि भने, ‘हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ। गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *