मकवानपुरमा तीन चिनियाँ नागरिकको मृत्यु

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिकामा हिजो सोमबार लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको छ।

निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परेर दुईजनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। प्रनाउ कार्कीका अनुसार तीनैजना मृतकको सनाखत हुनसकेको छैन। उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीनजनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको कार्कीले बताए। फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासि सिमात खोलामा खसेको सो दुर्घटना घटेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *