परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सुरक्षा थ्रेट, सरकारद्वारा बेवास्ता

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाललाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएकोमा दलले गुनासो व्यक्त गरेको छ।

नेपाल परिवार दलका स्वकीय सचिव जितेन्द्र श्रेष्ठका अनुसार नेपाली राजनीतिमा छुट्टै पहिचान बनाएका अध्यक्ष ढकाल नेपालमा मात्र नभएर साउथ एशिया तथा विश्वमा समेत चिनिएका व्यक्त्ति हुन्। सचिव श्रेष्ठले भने, ‘अध्यक्ष ढकालले आफूलाई असुरक्षित महसुस भएका कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई लिखित रूपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।’

नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलका अनुसार आफ्नो दलका नेता राष्ट्रिय स्तरको नेता भएका नेपाल सरकारको दुईपटक मन्त्री भइसेको व्यक्त्तिको सुरक्षाको जिम्मा सरकारले नलिँदा केही भईपरी आए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्ला जिल्लामा कार्यक्रममा जानुपर्ने भएपनि सुरक्षा चुनौतीका कारण कार्यक्रम व्यवस्थापनमा निकै कठिनाइ भएको स्वकीय सचिव श्रेष्ठले बताए।

दुवै संविधान सभाका सभासद रहेका ढकाल तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई र केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदका सदस्य समेत थिए। गत निर्वाचनमा अछाममा अध्यक्ष ढकाललाई लक्षित गरी विरोधीहरूले सभामै पुगी आक्रमण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *