चितवनमा सत्तारुढ गठबन्धनमा दरारैदरार

चितवन । चितवनमा पाँच दलीय गठबन्धनमा भाँडभैलो भएको छ।

भरतपुर महानगरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उमेदवार फिर्ता नलिने निर्णय गरेका छन्। सो निर्णय लिएसँगै कांग्रेसको विधानअनुसार नेता पौडेल स्वतः कारबाहीमा परेका छन्। कांग्रेसकै नेताले भरतपुर महानगरमा बागी हालेपछि सत्तारुढ
गठबन्धनमा दरार आएको छ।

त्यस्तै, चितवनको रत्ननगर नगरपालिकामा सत्तारुढ गठबन्धन भाँडिएको नेकपा माओवादी केन्द्रले जनाएको छ। रत्ननगरमा माओवादी केन्द्रले गठबन्धन नगरी एक्लै चुनाव लड्ने भएको छ। रत्ननगरका अधिकांश वडामा कांग्रेस उम्मेदवारले फिर्ता नलिएपछि माओवादी केन्द्रले पनि
उम्मेदवारी फिर्ता नलिएका हुन्। जसका कारण रत्ननगरमा दलहरू एक्लाएक्लै भिड्ने अवस्था देखिएको छ।

माओवादी केन्द्रलाई दिने भनिएको सहमति कार्यान्वयन नभएपछि एक्लै लड्न परेको माओवादी केन्द्र रत्ननगरका अध्यक्ष श्याम बरालले बताए। उनले भने, ‘हामीले वडा नं ४, ५, १, १३ र १५ मागेका थियौँ, त्यो पाएनौँ। जसका कारण गठबन्धन अब भाँडिएको छ, माओवादी केन्द्र एक्लै लड्छ।’

रत्ननगरमा सत्तारुढ पाँच दल एक्लै लड्ने भएका छन्।

यसैगरी, चितवनको खैरहनीमा नगरपालिकामा पनि सत्तारुढ गठबन्धनको तालमेल केही वडामा भने अझै मिल्न सकेको छैन। मेयर र उपमेयरमा तालमेल भए पनि कांग्रेसभित्रको आपसी कलहका कारण खैरहनीमा तालमेल नमिलेको माओवादी केन्द्र खैरहनीका अध्यक्ष रामेश्वर पोखरेलले बताए।

खैरहनीमा माओवादी केन्द्रले ३ वटा वडा मागेको थियो। कांग्रेसभित्रको आपसी कलहले खैरहनीका कुनै पनि वडा माओवादीलाई नदिएपछि तालमेल नमिलेको उनले बताएका छन्।। खैरहनीमा माओवादी केन्द्रले ९ वटा वडा १, २, ३, ४, ५, ८, ९, १० र ११ को वडाध्यक्षमा उम्मेदवारी दिएको छ।

यस्तै, चितवनको राप्तीमा पनि सत्तारुढ गठबन्धनमा समस्या देखिएको छ। त्यहाँ पनि सत्तारुढ गठबन्धनबीच वडामा सहमति हुन नसकेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *