प्रधानमन्त्री देउवालाई सउलस्थित राजदूतावासमार्फत् ध्यानाकर्षण पत्र (पत्रसहित)

काठमाडौँ । दक्षिण कोरियाको सौलस्थित नेपाली राजदूतावासमार्फत् नेपालको मन्त्रिपरिषद् तथा एवं प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी ध्यानाकर्षण पत्र पठाइएको छ।

सौलस्थित राजदूतावासले झण्डै अढाई वर्षदेखि चलिरहेको कोभिड महामारीको विषयलाई लिएर नेपाल सरकारले गतिशीलता लिन नसकेको बारे उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गर्न कारण पत्र पठाएको हो। विशेषगरी, दूतावासले कोभिडका कारण प्रतिबन्ध लगाइएको कोरिया-नेपाल, नेपाल-कोरियाको नियमित उडान खुलाउनतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।

कोरोना भाइरसका अल्फा, बिटा, गाम्मा, डेल्टा, ओमिक्रोनजस्ता थुप्रै भेरियन्ट आएर गइसक्दासम्म कोभिडका कारण लगाइएको दुई देशबीचको नियमित अझै नखुल्दा लामो समयदेखि इपिएस पास गरेर उडान खुल्ने प्रतीक्षामा बसेका नेपाली नागरिकहरूले दुख पाउनुपरेको दूतावासको भनाइ छ।

साथै, कोरियाबाट नेपाल फर्कन चाहने नेपालीहरूले पनि नियमित उडान बन्द नै रहिरहेको अवस्थामा महंगो मूल्य तिरी चार्टर उडानमार्पत् नेपाल फर्किनुपर्दा अनावश्यक आर्थिक भार खेप्नु परेको पनि दूतावासले जनाएको छ। यस अवस्थामा व्यापारिक स्वार्थ समूहहरू मात्र पोषित भएकोमा आपत्तिसमेत व्यक्त गरेको छ।

सौलस्थित नेपाली राजदूतावासले नेपाल सरकारको अर्थ व्यवस्थामा रेमिट्यान्सको ठूलो योगदान रहेको स्मरण गराउँदै रेमिट्यान्स पठाउने नेपाली नागरिकको समस्यालाई समाधान गर्नतर्फ नेपाल सरकार एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षणका लागि विशेष अनुरोध गरेको छ।

ध्यानाकर्षण पत्रः
No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *