मध्य गाजाको अन्त्येष्टि जुलुसमा इजरायली हवाई आक्रमणः ८ जनाको मृत्यु, १९ घाइते

एजेन्सी । मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा आयोजित एक अन्त्येष्टि जुलुसमा इजरायली सेनाले शुक्रबार गरेको हवाई आक्रमणमा परी कम्तीमा ८ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार उक्त घटनामा अन्य १९ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूकाअनुसार नुसेरातस्थित अहमद यासिन मस्जिद नजिकै आयोजित अन्त्येष्टिमा दर्जनौँ मानिसहरू सहभागी भइरहेका बेला सो आक्रमण भएको हो ।

शिविरको पश्चिममा रहेको बलाटा बजार नजिकैबाट जुलुस अगाडि बढिरहेका बेला उक्त हमला भएको थियो । नुसेरातस्थित अल–औदा मेडिकल कम्प्लेक्सले ८ जनाको शव प्राप्त भएको र अन्य १९ जना घाइतेको उपचार भइरहेको पुष्टि गरेको छ ।

अस्पताल प्रशासनका अनुसार घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर रहेको छ । आक्रमणपछि घटनास्थलमा ठुलो त्रास र अन्योलको वातावरण सिर्जना भएको थियो । लगतै पुगेका एम्बुलेन्स र नागरिक रक्षा टोलीहरूले घाइते तथा मृतकहरूको उद्धार गरी नजिकैका अस्पतालहरूमा पुर्‍याएका थिए ।

प्राप्त जानकारीअनुसार सो अन्त्येष्टि सोही दिनको सुरुमा मारिएका एक प्यालेस्टिनी व्यक्तिको सम्झनामा आयोजना गरिएको थियो। यद्यपि ती व्यक्तिको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन । यस घटनाका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै औपचारिक प्रतिक्रिया वा टिप्पणी गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =