पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयाेधीप्रसाद यादवकाे नजरमा स्थानीय चुनाव २०७४ र ७९

काठमाडाैँ । स्थानीय तहकाे निर्वाचन २०७४ तीन चरणमा सम्पन्न भएकाे थियाे । ०७४ वैशाख ३१, असार १४ र असाेज २ गते गरी तीन चरणमा सम्पन्न निर्वाचन डा. अयाेधीप्रसाद यादवले गराएका हुन् । त्यस बखत उनी प्रमुख निर्वाचन आयुक्तकाे भूमिकामा आयाेगमा थिए । उनै यादवलाई मकालुखबरले २०७४ सालकाे स्थानीय चुनाव र २०७९ काे चुनावबारे तुलनात्मक प्रकाश पार्न आग्रह गरेका थियाे ।

०००

२०७४ सालकाे चुनाव गराउनु सहज थिएन । तै पनि तीन चरणमा निर्वाचन सम्पन्न भयाे । चुनाव गराउनु किन पनि सहज थिएन भने; त्यसबेला संविधान बनेकाे धेरै भएकाे थिएन र त्यसका कतिपय पाटाहरूकाे कार्यान्वयनमै जटिलता थियाे । त्यसकाे आलाेचना एकातिर हुँदा चुनाैती अर्काेतिर हुन्थ्याे/थियाे, छँदै थियाे । संविधानले निर्दिष्ट गरेकाे बाटाे हिँड्नै गाह्राे परिरहेकाे बेलामा चुनाव गराउनुपर्ने अवस्था थियाे । तै पनि मुलुकमा चुनाव गराउनु थियाे; त्याे पनि स्थानीय चुनाव । तर, चुनाव राम्रैसँग भयाे तीन चरणमा । एकै चरणमा गराउनु यिनै यावत् कारणहरूले गर्दा सकिएकाे थिएन । संघीयतालगायतका संविधानले भनेकाे प्रणालीहरू कार्यान्वयनकै पाटाेमा थिए, त्यसले झनै जटिलता थपिदिएकाे थियाे । जटिलतालाई चिर्दै चुनाव गराइयाे सबैकाे साथ र समर्थनमा । एकातर्फ राजनीतिक स्थायित्व थिएन । ऐन, नियमावली तथा निर्देशिकाहरू बनेका थिएनन् । तत्‌तत् खालका समस्याहरू थिए । तै पनि चुनाव गराइयाे समस्याहरूलाई चुनाैती दिँदै ।

तर, अहिलेकाे अवस्था पहिलेकाे जत्तिकै नमिलेकाे छैन जस्ताे लाग्छ । याे पहिलाे ५ वर्षपछिकाे निर्वाचन भएकाेले पनि सहज छ । प्रणाली एउटा बाटाेमा लागिसकेकाे छ । जनतालाई एउटा बानी परिसकेकाे छ । राजनीतिक दलहरू ऐन, नियमावली र निर्देशनमा बाँधिएका छन् । ऐनहरू बनिसकेकाे अवस्था छ । समग्रमा सबै एउटा-एउटा लयमा लागिसकेका छन् । यसाे हुँदा पनि आसन्न स्थानीय निर्वाचनमा त्यत्ति जटिलता देखिँदैन, जटिलता त हाेला तर पहिलेकाे जस्ताे भन्न खाेजेकाे मैले । अहिले वैशाख ३० गते एकै चरणमा मुलुकभर चुनाव हुँदैछ । याे सुखद् पक्ष हाे । २०७४ मा त तीन चरणमा गराउनुपर्ने बाध्यात्मक अवस्था आइपरेका थियाे । यसाे हुँदा पनि निर्वाचन २०७४ भन्दा २०७९ कति हाे कति सहज छ । अहिले निर्वाचन आयाेगले एउटा लयमा काम गरिरहेकाे छ । राम्राे ढङ्गले काम गरिरहेकाे छ । याे राम्राे छ । पहिले निर्वाचन आयाेगलाई नै पनि के गर्ने गर्ने हुन्थ्याे । अहिले त्याे अवस्थाबाट निर्वाचन आयाेग टाढा छ । यस मानेमा पनि अहिलेकाे निर्वाचन २०७४ काे भन्दा सहज छ, याे भन्नैर्छ ।

यदि हुँदाहुँदै पनि सबैकाे सहयाेग भने मिलेकै थियाे २०७४ सालमा पनि । निर्वाचन आयाेगले भनेबमाेजिम सबै पक्ष, क्षेत्रहरूले गरे, गर्न खाेजे । अझ जनताले साथ दिए । इमान्दारीपूर्वक चुनावमा सरिक भए । संविधान जलाउनेहरू पनि चुनावमा सहभागी भए । याे त्याेबेलाकाे बडाे सुखद् पक्ष थियाे । त्यही संविधानअनुरूप भइरहेकाे चुनाव स्वीकार्नु उनीहरूकाे महानता थियाे । त्याे भएरै पनि त्याेबेला निर्वाचन गराउनु खास सहज थिएन । यी सबैकाे बलबुतामा २० वर्षपछि फरक खाले स्थानीय तहकाे निर्वाचन भयाे । संघीयता कार्यान्वयनका निम्ति, लाेकतन्त्रका निम्ति र प्राप्त राजनीतिक उपलब्धिहरूका लागि चुनाव हुँदै थियाे । जनतामा उत्साह थियाे । त्याे बडाे राम्राे पाटाे थियाे ।

अहिले एक हदसम्म यी यावत् समस्याहरू न्यूनीकरण भएका देखिन्छन् । याे निरन्तरताका रूपमा भइरहेकाे चुनाव हाे । यसैले पनि सहज छ । सहज मैले सञ्चालन गराउने सन्दर्भमा भनेकाे हुँ । चुनाव हाे विभिन्न खाले विषयहरू आउन सक्छन्, समस्याहरू उठ्न सक्छन् । तर अहिले त एउटा लयमा निर्वाचन हुँदैछ । २०७४ सालमा झन्डै लयविहीन रूपमा चुनाव भयाे । चुनाव त हुन्थ्याे खासगरी संघीयलगायतका चुनावहरू । स्थानीय तहकाे निर्वाचनके तारतम्य मिलाउन केही सकस भएकै हाे । तर, अहिले २०७४ काे जस्ताे जटिलता छैन । अहिले धेरै सहज छ । याे निर्वाचन उत्साहपूर्वक सम्पन्न हाेस् । म शुभकामना पनि भन्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *