कांग्रेसका असन्तुष्ट पक्षलाई मिलाउन गृहमन्त्री पुगे चितवन

चितवन कांग्रेसका असन्तुष्ट पक्षलाई मिलाउन गृहमन्त्री बालकृष्ण खाँण चितवनमा पुगेका छन्

महानगरपालिकाको मेयरमा कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका कारण गठबन्धनमा समस्या उब्जिएपछि समस्याको समाधान खोज्न उनी चितवन पुगेका हुन्। सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसले मेयर नपाउँदा रुष्ट भएका कार्यकर्तालाई मिलाउन गृहमन्त्री स्वयंले चितवन प्रस्थान गर्नुपरेको हो। मेयरमा बागी उमेदवारी दिएका पौडेललाई सम्झाउन उनी पौडेल निवास भरतपुरको पीपलचोक नै पुगेका हुन्।

उनले भनेका छन्, ‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ सबैसँग संवाद छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने, चितवनको प्रतिष्ठालाई कसरी जोगाउने मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्छौँ।

भरतपुर विमानस्थलमा पत्रकारसँग गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको स्पष्ट पारेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *