कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेतद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले आफ्नो पदबाट राजीनामा दिएकी छन्।

नेपाली कांग्रेस काठमाडौँ, निर्वाचन क्षेत्र नं ३ की नेतासमेत रहेकी बस्नेतले स्थानीय निर्वाचनमा काठमाडौँ जिल्लाले संसदीय समितीसँग समन्वय नगरी मनोमानी ढंगले आफ्ना नजिककालाई टिकट बाँडेको आरोप लगाउँदै राजीनामा दिएकी हुन्। बस्नेतको क्षेत्रमा पर्ने गोकर्णेश्वर नगरपालिकामा जिल्लाले मनोनानी ढंगले टिकट बाँड्नु आपत्तिजनक भएको उनको टिप्पणी छ।

चुनावको मुखमा गोकर्णेश्वर नगरपालिकामा कांग्रेसमा राजीनामा दिनेको लहर नै चलेको छ। वडा नं ४ मा टिकट बाँडफाँडमा आफ्नालाई मात्र दिएको भन्दै बागमती प्रदेश, काठमाडौँ क्षेत्र नं ३ ख का सचिव जयराम महतले समेत आफ्नो पदबाट राजीनामा दिई वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कांग्रेसको राम्रो सङ्गठन रहेको गोकर्णेश्वर नगरपालिकामा हालै देखिएको यो मतभेद र राजीनामाको श्रृंखलाले निकट भविष्यमा पार्टीको आन्तरिक राजनीतिमासमेत समस्या निम्तिन सक्ने खतरा देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *