पवनदीपले आइतबार लर्ड अफ ड्रिंक्स ठमेल गाउने

काठमाडौँ । भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ । पवनदीपले एलओडी ठमेलमा बिशेष सांगीतिक प्रस्तुती दिने आयोजकले जनाएको छ ।

पवनदीपले शनिबार याक एण्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुती दिएका थिए । पवनदिपले लोकप्रिय चर्चित भारतीय गीत गाएका थिए भने उनले नेपाली गीत समेत गाएर सम्पूर्ण अतिथि एवं उपस्थिती हरुलाई नचाएका थिए ।

कार्यक्रम व्यवस्थापन गरेको ३६५ इभेन्टस् एण्ड मिडियाका अनुसार आइतबार एलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतीको सीमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्न मनपराउनेहरुले आइ एमई पे वालेटबाट टिकट खरिद गर्न सकिने बताएको छ ।

३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) का अनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एण्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने छ ।

आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । चर्चित गायक पवनदीपले आइतबार विभिन्न धार्मिक स्थलको समेत अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =