कांग्रेस उपसभापति खड्काद्वारा संयोजक मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन्।

उपसभापति खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको गत वैशाख २ गते सम्पन्न बैठकको निर्णयअनुसार सो समितिअन्तर्गतका गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका हुन्। संयोजकमा मनोनयन हुनेहरूमध्ये भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे,  आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, अनुगमन, मुल्याङ्नक तथा सुपरिवेक्षण उपसमितिमा केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन्।

त्यस्तै, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य उदय शमशेर राणा,  जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य जीतजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा केन्द्रीय सदस्य रामहरी खतिवडा रहेका छन्।

त्यस्तै, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमै केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेललाई मुख्य सचिव मनोनित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *