एमालेसँग परिवार दलकाे ‘बार्गेनिङ्ग’- कम्तीमा २१ पालिका प्रमुख चाहिन्छ

काठमाडाैँ । एकनाथ ढकाल नेतृत्वकाे नेपाल परिवार दलले नेकपा (एमाले) सँग कम्तीमा २१ पालिका प्रमुख आफूलाई दिन वार्ता अगाडि बढाएकाे छ । गत चैत्र ३० गते एमालेकै सूर्यबाट चुनाव लड्नेगरी पाँचबुँदे सहमति गरेकाे परिवार दलले एमालेसँग कम्तीमा २१ पालिका प्रमुख आफूहरूले पाउनुपर्ने अडान राखेकाे हाे ।

परिवार दलकी सहमहामन्त्री मिलनकुमारी राजवंशीकाअनुसार २१ पालिकाकाे दाबी गरेकाे हाे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छाैँ,’ सहमहामन्त्री राजवंशीले भनिन्, ‘त्यसरी एमालेसँग पनि कुराकानी भइरहेकाे छ । कुरा मिल्छ भन्ने छ । एमालेले केही समय कुराएकाे छ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यसपटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुंगिने नेताहरूले बताएका छन् ।

गत निर्वाचनमा पनि यी दुई दलबीच एउटै चुनावमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

♦ याे पनि:
   एमाले-परिवार दलबीच पनि गठबन्धन, सूर्यबाटै चुनाव लड्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *