कविता – नथून मलाई

नथून मलाई
नछेक
म पृथ्वीकै नदी हुँ
करोडौँ वर्षदेखि बग्दै आएको

तिम्रै लागि भन्दै छ
मान्छेले नगरेका होइनन् थुन्ने प्रयास मलाई
तर सकेनन् स्वभाव नै मेरो बग्नु हो
जागृत हुनु हो
प्रवाहित हुनु हो अविराम
पहाड-पर्वत दुःखसित बग्नु हो

नथून मलाई
नछेक
म कालीगण्डकी हुँ
करोडौं वर्षदेखि शालिग्रामलाई धोइपखाली
मलाई महासागरसम्म पुग्नुछ

थुन्ने प्रयास गर्छौ भने
बाँध्ने प्रयत्न गर्छौ भने
दृष्टान्तः —
‘तिम्रो बस्ती भत्काएरै भए पनि
बग्न म बाध्य हुनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *