उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता, आजै स्वदेश फर्कने

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ ।

नेपालको एक दिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतबार अपराह्न सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् । दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उनले बताए । उनीहरुबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले भने ‘हामीले जापानलाई पुरानो असल मित्रको रुपमा र हाम्रो अत्यन्तै ठूलो विकास साझेदारको रुपमा लिएका छौं । त्यसकारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय सम्बन्धलाई र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर बिस्तार गर्ने बारेमा सबै पक्षहरूमा अहिले छलफल भएको छ । यो औपचारिक सद्भावना भ्रमणमा कुनै कुनै एग्रीमेन्ट वा कुनै एमओयूको एजेण्डा छैन । र हामीले हाम्रा बीचका दुई पक्षीय सम्बन्धहरूलाई अझ दह्रो कसरी बनाउने, मजबुत कसरी बनाउने रु हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा छलफल भएको छ ।

र हामीले स्वाभाविक रुपमा दुई वटा विदेश मन्त्रीहरूले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा विश्वका विभिन्न अन्तर्राष्ट्रिय मामलाहरूको बारेमा पनि छलफल भयो । र आजै अव मैले विदेश मन्त्रीको सम्मानमा दिएको रात्रि भोजपछि आजै हाम्रो अतिथिको रुपमा आउनुभएको जापनिज विदेशमन्त्री जापान फर्कँदै हुनुहुन्छ । र अहिले हाम्रो भेटवार्ता पछाडि अहिले उहाँले प्रधानमन्त्रीलाई र राष्ट्रपतिजी, दुई जना सम्माननीयज्युहरुलाई शिष्टाचार भेटवार्ता पनि गर्दै हुनुहुन्छ । जापानमा रहेका नेपाली श्रमिकहरूको बारेमा खासै छलफल भएन । जुन कुरा हाम्रो पहिलादेखि नै छलफलमा जारी छ । त्यो बारेमा हाम्रो छलफल हुने कुरा रहन्छ । तर त्यसमा अहिले ठोस ढंगले निर्णय गर्ने गरेर कुनै छलफल भएको छैन ।’

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिन भ्रमणका क्रममा नेपाल आएका हुन् । उनी राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आजै स्वदेश फर्कनेछन् । त्यसअघि उनले आफ्नो सम्मानमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *