नेताहरूलाई प्रचण्डकाे निर्देशन- परिणाम देखिनेगरी चुनावमा हाेमिनुस्

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनमा नतिजा देखिनेगरी काम गर्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । शुक्रबार बिहान प्रचण्डनिवास खुमलटारमा काठमाडाैँमा उपलब्ध स्थायी समिति सदस्यहरूसँगकाे छलफलमा उनले यस्ताे निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी एक सदस्यले भनेका छन्, ‘जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि उहाँले निर्देशन दिनुभयाे । ५ गतेभित्र टुङ्ग्याउन भनेर सर्कुलर जारी भइसकेकाे छ । उहाँले आसन्न निर्वाचनमा नतिजा देखिनेगरी काम गर्न भनि निर्देशन दिनुभयाे ।’

पाँचदलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुङ्गाे लगाउने तय भएको छ । तर, कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबन्डा मिलिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *