हुण्डाइले सम्पन्न गर्‍यो मिडिया अन्तरक्रिया

काठमाडाैँ । नेपालको लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले थापाथलीमा रहेको हुण्डाइको अत्याधुनिक विद्युतिय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ । हुण्डाइले आइतबार डेडिकेटेड सोरुम, दिगो संचालन र विद्युतिय गाडीको पुर्जाहरूको बारेमा जानकारी गराएको हो ।

उक्त अवसरमा सोही सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा विभिन्न प्रस्तुतीमार्फत् हुण्डाइ विद्युतिय गाडीको पुर्वाधार र संचालन सम्बन्धि विभिन्न जानकारी गराइएको छ । कार्यक्रमको मुख्य उद्देश्य हुण्डाइ विद्युतिय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिद कर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टेनएबल मोविलिटी र विद्युतिय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरू र पहलबारे जागरुकता सिर्जना गर्नु रहेको जनाइएको छ ।

यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ । हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ । साथै हुण्डाइको नेपालमा विद्युतिय गाडीको पुर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *