तालमेलको मोडालिटीबारे छलफल गर्न चुनाव परिचालन समितिको बैठक

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेपछि बैठक बस्ने भएको हो ।

समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालकाअनुसार बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको मोडालिटीबारे पनि छलफल हुने भुसालले जानकारी दिए । यसअघि गत बुधबार बसेको समितिको बैठकले २६ चैतभित्र गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउन तल्ला तहका संयन्त्रहरुलाई निर्देशन दिएको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *