साेलुखुम्बु : पाँचदलीय संयन्त्र निर्माण, निर्वाचनमा तालमेल हुने पक्का

साेलुखुम्बु । आसन्न स्थानीय तहकाे निर्वाचनका लागि सोलुखुम्बुमा सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्लास्तरीय संयन्त्र निर्माण गरेकाे छ । शुक्रबार सदरमुकाम सल्लेरीमा बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचनकेन्द्रित हुँदै संयन्त्र बनाएकाे हाे । याेसँगै यहाँ स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने पक्का भएकाे छ ।

बैठकले नेपाली कांग्रेस, सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, सोलुखुम्बुका संयोजक असिम राई, नेकपा (एकीकृत समाजवादी), सोलुखुम्बुका अध्यक्ष दोर्जी जाङ्बु लामा र जनता समाजवादी पार्टी (जसपा), सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापामगर सम्मिलित संयन्त्र निर्माण गरेको हो । बैठकपश्चात् जारी संयुक्त प्रेस वक्तव्यअनुसार गठबन्धनसम्बद्ध दलहरूले अन्य दलहरूसँग चुनावी तालमेल गर्न पाउने छैनन् ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई  विजयी गराउन गठबन्धनसम्बद्ध दलहरूबीच आपसी विश्वासकाे वातावरण बनाउनुपर्ने निष्कर्ष बैठककाे छ । नेपाली कांग्रेस, साेलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको संयोजकत्वमा बसेको बैठकले चुनावलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि यथाशक्य भूमिका निर्वाह गर्नेसमेत निष्कर्ष निकालेकाे छ ।

आजकाे बैठककाे अध्यक्षता कांग्रेस सभापति शेर्पाले गरेका हुन् । सूत्रकाअनुसार आउँदा दिनमा बस्ने बैठकहरूकाे अध्यक्षता साझेदार दलहरूका नेताहरूले पालैपाले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *